FAQs Complain Problems

योजनाको अन्तिम भुक्तानीका लागि के के कागजातहरु पेश गर्नुपर्ने हुन्छ ?

योजनाको अन्तिम भुक्तानीका लागि पेश गर्नुपर्ने कागजातहरु :

१  उपभोक्ता समितिले सरोकारवाला उपभोक्ताहरुको आमभेलाबाट योजनाको सुरु देखिकै आम्दानी र खर्च उल्लेख भई अनुमोदन (सार्वाजानिक लेखापरिक्षण)गरेको बैठक निर्णयको प्रतिलिपी

२  उपभोक्ता समितिले योजनाको अन्तिम किस्ता भक्तानीका लागि अनुरोध गरेको बैठक निर्णयको प्रतिलिपी

३  योजनाको प्रकृति अनुसार रड, सिमेन्ट, जस्तापाता (टिन) लगायत खरिद सामाग्रीको आधिकारीक विक्रेताको भ्याट विल अनिवार्य र अन्य विल भरपाई र डोर हाजिरी फारम
४    योजना सुरु हुनु पुर्व र योजना सम्पन्न भई सके पछिको एकै स्थानबाट खिचिएको योजनाको फोटो अनिवार्य
५    सम्बन्धित वडा कार्यालय वा अनुगमन समितिको भुक्तानी दिनु भन्ने व्यहोराको सिफारिस

६    नगरपालिकाका प्राविधिकले तयार गरेको प्राविधिक मुल्याङकन र अन्य आवश्यक कागजात
७    उपभोक्ता समितिले योजनाको अन्तिम भुक्तानी पाँउ भन्ने व्यहोराको निवेदन