FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

योजनाको अन्तिम भुक्तानीका लागि पेश गर्नुपर्ने कागजातहरु :

१  उपभोक्ता समितिले सरोकारवाला उपभोक्ताहरुको आमभेलाबाट योजनाको सुरु देखिकै आम्दानी र खर्च उल्लेख भई अनुमोदन (सार्वाजानिक लेखापरिक्षण)गरेको बैठक निर्णयको प्रतिलिपी

२  उपभोक्ता समितिले योजनाको अन्तिम किस्ता भक्तानीका लागि अनुरोध गरेको बैठक निर्णयको प्रतिलिपी

३  योजनाको प्रकृति अनुसार रड, सिमेन्ट, जस्तापाता (टिन) लगायत खरिद सामाग्रीको आधिकारीक विक्रेताको भ्याट विल अनिवार्य र अन्य विल भरपाई र डोर हाजिरी फारम
४    योजना सुरु हुनु पुर्व र योजना सम्पन्न भई सके पछिको एकै स्थानबाट खिचिएको योजनाको फोटो अनिवार्य
५    सम्बन्धित वडा कार्यालय वा अनुगमन समितिको भुक्तानी दिनु भन्ने व्यहोराको सिफारिस

६    नगरपालिकाका प्राविधिकले तयार गरेको प्राविधिक मुल्याङकन र अन्य आवश्यक कागजात
७    उपभोक्ता समितिले योजनाको अन्तिम भुक्तानी पाँउ भन्ने व्यहोराको निवेदन

 

 

 

उपभोक्ता समितिले योजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवश्यक कागजातहरु :
१.    सम्बन्धित वडाका जनप्रतिनिधि र नगर प्रतिनिधि समेतको रोहवरमा नियामानुसार सम्बन्धित योजना स्थलका उपभोक्ताहरुको आम भेलाबाट गठन गरिएको उपभोेक्ता समिति गठनको बैठक निर्णय प्रतिलिपी
२.    उपभोक्ता समितिमा रहेका पदाधीकारीहरुको नागरिकता प्रमाण–पत्रको प्रतिलिपी अनिवार्य           
३.    मठ मन्दिरको हकमा संस्था दर्ताको प्रतिलिपी र जग्गाधनी पुर्जाको प्रतिलिपी अनिवार्य पेश गर्नुपर्नेछ ।,विद्यालय व्यवस्थापन समिति,बजार व्यवस्थापन समिति र अन्य त्यस्तै प्रकारका दर्तावाला संस्थाहरुको हकमा नागरिकताको प्रतिलिपी पेश गर्न अनिवार्य रहने छैन ।
४     योजना सम्झौताका लागि सम्बन्धित वडाको सिफारिस
५    नगरपालिकाको मेगा बैंक मा रहेको ००८००१००८९७५१ नंं.को खातामा उपभोक्ता समितिले नपाको विनियोजित वजेट र स्टिमेटको फरक हुन आउने रकम वा न्यूनतम दश प्रतिशत लागत सहभागिता वापत जम्मा गरेको बैंकको सक्कल भौचर
६    योजना सम्झौताका लागि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी
७    उपभोक्ता समितिको छाप अनिवार्य
८    नगरपालिकाका प्राविधिकले तयार गरेको स्वीकृत लगत स्टिमेट
९    उपभोक्ता समितिको योजना सम्झौता गरि पाँउ भन्ने व्यहोराको निवेदन

साथै

बैंक खाता खोल्ने सिफारिस पाउनका लागि पेश गर्नुपर्ने कागजातहरु :

१   खाता खोल्नका लागि उपभोतmा समितिले क–कसका नाममा र कुन बैंकमा खाता खोल्ने हो सो खुल्ने गरि गरिएको बैठक निर्णयको प्रतिलिपी
२   सम्बन्धित बैंकको खाता खोल्ने कागजात र दस्तखत नमुना कार्ड

 योजनाको किस्ता रकम माँग गर्दा पेश गर्नु पर्ने कागजातहरु :
१  उपभोता समितिको किस्ता माँग गर्ने सम्बन्धि योजनाको त्यस अवधि सम्मको योजना प्रगति विवरण खुल्ने गरि किस्ता रकम माँग गरिएको बैठक निर्णयको प्रतिलिपि
२  योजनाको प्रकृति अनुसार रड,सिमेन्ट,जस्तापाता (टिन) लगायत खरिद सामाग्रीको आधिकारीक विक्रेताको भ्याट विल अनिवार्य र अन्य विल भरपाई र डोर हाजिरी फारम
३  नगरपालिकाका प्राविधिकले तयार गरेको प्राविधिक मुल्याङकन,
४ उपभोक्ता समितिले योजनाको किस्ता पाँउ भन्ने व्यहोराको निवेदन

 

Pages